हेटौँडा सामुदायिक आँखा अस्पताल : ९७ हजार चार सय नौ जनाले पाए सेवा « Khabarhub

हेटौँडा सामुदायिक आँखा अस्पताल : ९७ हजार चार सय नौ जनाले पाए सेवा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा पाँच हजार दुई सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालले सन् २०२२ मा मात्रै तीन हजार सात सय ७८ वटा ठूला र एक हजार चार सय ८६ वटा साधारण शल्यक्रिया गरेको अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए । सो अवधिमा अस्पतालले ९७ हजार चार सय नौ सेवाग्राहीलाई उपचार गरेको उनले बताए ।

अस्पतालले एक वर्षको अवधिमा मकवानपुर, बारा, सिन्धुली, रौतहट, सर्लाहीलगायत जिल्लाका ग्रामीण क्षेत्रमा ५९ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेकामा १२ हजार तीन सय ३६ जनाले उपचार गराएका व्यवस्थापक श्रेष्ठले बताएका छन् ।

ग्रामीण भेगमा पुगेर गरिएको निःशुल्क जाँचपश्चात् शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई अस्पतालले निःशुल्क सेवा उपलब्ध गराएको थियो । एक हजार ७३६ सेवाग्राहीले साना तथा ठूला शल्यक्रिया निःशुल्क प्राप्त गरेका थिए । गैरनाफामूलक संस्थाका रुपमा सञ्चालित सो अस्पतालमा दैनिक तीन सय जनाको हाराहारीमा आँखा जाचाउन आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले आँखा जाँच तथा बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्दै आएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बिरामीको चाप बढ्न थालेको र अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशतले स्वास्थ्य बीमामार्फत सेवा लिइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ५ : ०४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी