आर्थिक संकटका कारण पाकिस्तानमा रहेका दक्षिण कोरियाली कम्पनी पनि समस्यामा « Khabarhub

आर्थिक संकटका कारण पाकिस्तानमा रहेका दक्षिण कोरियाली कम्पनी पनि समस्यामा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको अवस्था अझ नाजुक बन्दै गएको छ । जारी आर्थिक संकटका कारण पाकिस्तानमा रहेका दक्षिण कोरियाली कम्पनीलाई पनि घाटा लागेको छ ।

पाकिस्तानमा सञ्चालित दक्षिण कोरियाली कम्पनीहरू हाल आयात प्रतिबन्ध र बन्दरगाहमा अड्किएका कन्टेनरहरूको क्लिरेन्समा भएको ढिलाइले समस्यामा परेका हुन् ।

कोरियाली व्यापारिक गतिविधिको निगरानी गर्ने कोरिया ट्रेड–इन्भेष्टमेन्ट प्रमोसन एजेन्सी (कोट्रा) र कोरियाली लगानीकर्ताहरूको स्थानीय चेम्बरका वरिष्ठ अधिकारीहरूले लेटर अफ क्रेडिटमा समस्या उत्पन्न हुँदा कच्चा पदार्थको आयात गर्न कठिन भएको छ ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको तथ्यांक अनुसार सन् २०२१ मा कोरियाबाट पाकिस्तानको आयात १.५ बिलियन डलर थियो, जुन २०२० को तुलनामा ४१.८ प्रतिशतले बढी हो ।

दक्षिण कोरियाले पाकिस्तानमा निर्यात गरेका मुख्य उत्पादनमा २६९ मिलियन डलर बराबरको कार, ७२.१ मिलियन डलर बराबरको प्रशोधित पेट्रोलियम, ६८.४ मिलियन डलर बराबरको फलाम रहेका छन् । पाकिस्तान कोरियाली कम्पनीहरूका लागि उदयीमान बजार रहेको बताइन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : ४६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग