स्वास्थ्यचौकी छ, सेवा छैन « Khabarhub

स्वास्थ्यचौकी छ, सेवा छैन


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागलुङ – स्वास्थ्यचौकीको प्राङ्गण चिरा–चिरा परेको छ । स्वास्थ्यचौकीको प्रवेशद्वारा अघि तितेपाती झार उम्रेको छ । छतमा गरेको प्लास्टर उप्किएको छ भने केही विद्युतीय संरचना तोडफोडसमेत गरिएको छ । यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्यचौकीको नवनिर्मित भवनको हो ।

समयमै स्वास्थ्यचौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ भिमापोखरा स्वास्थ्यचौकी । स्वास्थ्यचौकीका कोठामा एक वर्षदेखि ताला लगाइएको छ । ताला कसले लगाएको हो भन्ने विषयमा समेत स्वास्थ्यचौकी र जनप्रतिनिधि अनभिज्ञ रहेको पाइएको छ ।

स्वास्थ्यचौकीमा रङरोगन गरे पनि च्यानल गेट, तारबार, झ्याल र सिसाको काम अझै बाँकी रहेको काठेखोला–२ भिमापोखराका वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिए । “एक वर्षदेखि स्वास्थ्यचौकी यो अवस्थामा रहँदा जनतालाई स्वास्थ्य सेवा भने पुरानो भवनबाट प्रदान गर्न बाध्य भइरहेका छौँ, आर्थिक वर्ष २०७५-७६ बाट बन्न थालेको भवन एक वर्षदेखि प्रयोगविहीन छ”,उनले भने, “भवन हस्तान्तरण भए वडाले नै लगानी गरेर मर्मत गरी सेवा दिन सक्थ्यो, यहाँ त न भवन हस्तान्तरण हुन्छ न सम्पन्न नै, भवनको गुणस्तरमा समेत समस्या देखिएको छ ।”

घरअघि भवन ठडिएको एक वर्ष भयो, तर स्वास्थ्य सेवा पुरानै भवनबाट दिइएकाले नागरिकलाई समस्या भएको स्थानीय भक्तिनाथ गौतमले गुनासो गरेका छन् । भवन हस्तान्तरण नहुँदा पुरानै भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्यचौकीका प्रमुख आशिष सापकोटाले सुनाए । उनका अनुसार छ जना दरबन्दी रहेको स्वास्थ्यचौकीमा अहिले तीन जनामात्रै कार्यरत रहेको बताए ।

काठेखोला गाउँपालिकाका इञ्जीनियर विनोद लामिछानेका अनुसार स्वास्थ्यचौकीको भवन तत्कालै सेवा दिने गरी गाउँपालिकाले कदम चाल्ने जानकारी दिएका छन् ।

रु तीन करोड लागतमा सङ्घीय सरकारको बजेटमा निर्माण गरिएको भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी गाउँपालिकाले निर्माण व्यवसायीसँग परामर्श गरिरहेको छ । “ठेकेदारले काम छाडेको अवस्था हो, बजेटसमेत गत असारमै फ्रिज भइसक्यो, बैंक धरौटी रकमबाटै भए पनि भवन मर्मत गरेर स्वास्थ्य सेवा दिने हाम्रो योजना छ, भवन निर्माणमा देखिएका समस्या सच्चाउने र बैंक धरौटी रकम कटौती गर्न पालिका पछि पर्दैन”, उनले भने ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : १५ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा