सेयर बजारमा २.८० अंकको गिरावट  « Khabarhub

सेयर बजारमा २.८० अंकको गिरावट 


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८० सालको पहिलो कारोबार अर्थात् साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । 

बिहीबार नेप्से परिसूचक २.८० अंकले ओरालो लागेको हो । यो संगै सुचक १९३१.६८ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२६ अंकले घटेर ३६७.७३ विन्दुमा पुगेको छ।

यसअघि बिहीबारको कारोबारमा भने नेप्से परिसूचक २९ अंकले ओरालो लागि १९३४ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ४५ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा ७० कम्पनीमा वृद्धि भएको छ । १३९ कम्पनीमा ओरालो लागेको र १० कम्पनी स्थिर रहेको छ ।  कारोबारको आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ८९ लाख रुपैयाँको कारोबार गरेको छ । 

यसैगरी एनआईसी एशिया कम्पनीले र सिवम सिमेन्टको ३ भन्दा बढि कारोबार भएको हो । आइतबार १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनीहरूमा ओरालो लागेको भएको छ । बैंकिङ सूचक, होटल तथा पर्यटन, जीवन बिमा र निर्जीवन बिमा कम्पनीहरूमा उकालो लागेको छ। 

आइतबार आदर्श लघुवित्त वित्तिय संस्था सिद्धार्थ, मोलुङ जलविद्युत र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : ३२ बजे

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया