वैशाख १० गतेपछि सरकारले पूर्णता पाउँछ : सहमहामन्त्री परियार « Khabarhub

वैशाख १० गतेपछि सरकारले पूर्णता पाउँछ : सहमहामन्त्री परियार


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका छन् ।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दलहरूबीच आपसी छलफल गरेर बैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताए । 

मन्त्री चयनका विषयमा कांग्रेसभित्र कुनै विवाद नभएको दावी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसँग आवश्यक कुराकानी गरिरहेको जिकिर गरे । त्यस्तै उनले दलहरुबीच भएको सहमति अनुसार वर्तमान सरकार पुरै कार्यकाल सञ्चालन हुने बताए । फरक प्रसंगमा उनले रास्वपाका सांसदलाई दलले छानविन वा कारवाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारवाही गर्ने अधिकार दललाई रहेको पनि बताए ।

त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदलाई कारवाही गरिएको पत्र सभामुख समक्ष पठाइसकेको भन्दै आवश्यक प्रक्रिया अघि बढ्ने जिकिर गरे ।

उनले विगतमा पनि अन्य दलमा यस्ता अभ्यास भएकाले थप अध्ययनका लागि सभामुखलाई सहयोग गर्न पार्टी तयार रहेको बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : १९ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति