कर्णालीमा लोप हुँदै निगालो « Khabarhub

कर्णालीमा लोप हुँदै निगालो


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पाइने निगालो लोप हुन थालेको छ । जथाभावी आलो लगाउने देखि टुसा निकाल्ने क्रम नरोकिएपछि निगालो लोप हुन थालेको हो । निगालोका बहुउपयोगी गुण रहेका छन् । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, डोल्पाको मध्यभाग, जुम्ला, कालिकोट, हुम्ला, मुगु, दैलेखमा निगालो पाइन्छ । निगालोको बिभिन्न प्रजाति हुने गर्दछ ।

घर छाउनादेखि डोको, डाली, नाङ्लो, कुचो, अन्न सुरक्षित गर्नका लागि कोठी, तरकारी खानाको लागि टुसा समेत प्रयोगमा आउने गर्दछ । १५ वर्ष अगाडि मध्यपहाडको अधिकांश ठाउँमा सजिलै पाइने निगालो अहिले पाउनै मुस्किल भएको सर्वसाधारणहरू बताउँछन् । बर्सेनि नयाँ नयाँ घाँस प्रयोग गर्ने भन्दै जंगलमा लगाइने आगो र जथाभावी चरिचरणका कारण निगालो लोप हुन गएको डिभिजन वन कार्यालय डोल्पाका निमित्त प्रमुख महेश कुमाइले बताए ।

निगालो धेरै काममा प्रयोग हुने भएकाले पनि सबैको निसानामा परेको उनको भनाई छ । संरक्षण तर्फ कसैको ध्यान नजाने तर प्रयोगमा मात्र ध्यान दिँदा निगालो वर्षेनी लोप हुँदै गएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए । पहिला , पहिला बिहान जंगलमा गएर दिउँसो निगाला ल्याएर घरमा पुगिन्थ्यो भने अहिले दुई दिन लगाउँदा पनि निगालो पाउन मुस्किल हुने खत्रीको भनाइ छ । निगालाको टुसा , पशुचौपायालाई घाँस , विभिन्न सामग्रीको निर्माण लगायतका कामहरू यही निगालाबाट हुने भएकाले पनि छिटै लोप भएको खत्रीको भनाई छ । निगालोमा जंगली जनावरहरू बस्ने गर्दछन् । सबै भन्दा बढी रेडपान्डा सुरक्षित हुने स्थान निगालो हो ।

अहिले निगालोको विनाससँगै जंगली जनवारलाई सुरक्षित हुन समस्या हुँदै गएको छ । मासिदो वन जंगलको मारमा सबैभन्दा बढी वन्यजन्तु नै परेको पाइन्छ । चिस्यान हुने ठाउँमा निगालो हुर्कने गर्दछ । जव चिस्यानको मात्रा घट्दै जान्छ , निगालो उत्पादन कम हुने डिभिजन वन कार्यालय जाजरकोटका प्रमख राधाकृष्ण दासले बताए । कर्णाली प्रदेशको जंलगमा कति मात्रामा निगालो पाइन्छ भन्ने यकिन तथ्यांक छैन । 

पहाडी जिल्लाका किसानहरूको आम्दानीको स्रोत समेत निगालो रहँदै आएको छ । निगालो संरक्षणका लागि कुनै पनि योजना कर्णाली प्रदेश सरकारसँग छैन । न त संघीय सरकारको वन मन्त्रालयसँग निगालो मासिदै जानुको विषयमा कुनै ठोस छलफल नै भएको छ । बर्सेनि  वृक्षारोपण गर्ने नाममा लाखौँ रकम खर्चिने सरकारका नीतिहरु भए पनि निगालो संरक्षण गर्ने तर्फ त्यस्ता खालका नीतिले छुन सकेको छैन ।

डिभिजन वन कार्यालयहरुले जंगली जडीबुटी संरक्षणका नाममा बर्सेनि चलानी पुर्जी दिँदै दिन कटाएको देखिन्छ । सामुदायिक वन समुहका पदाधिकारीलाई निगालो संरक्षणबारे ध्यान नै नभएको आरोप लाग्दै आएको छ । स्थानीय सरकारले सडक खन्ने काम बाहेक अन्य विकास नै होइन भन्ने लाग्दै आएको छ । 

सामुदायिक वन भित्र विस्तारै समस्या आइरहेको छ । आफन्तले वन जंगलमा हानी ,नोक्सानी पुर्याएमा कारबाही नै नहुने र विचार नमिल्नेसँग मात्र कारबाहीको लागि न्वारणदेखिको बल लगाउने परिपाटीले गर्दा सामुदायिक वनको भविश्य जोखिममा पर्दै आएको छ ।  वन किन संरक्षण गर्ने भन्ने सम्मका ज्ञान नभएको व्यक्ति पहाडी इलाकामा वन समुहका पदाधिकारी भएकाले पनि अर्को समस्या निम्तिएको शिक्षकहरु बताउँछन् । 

जंगलमा आगो लगाउनेलाई कानुनी दायरामा ल्याइ कारबाही गर्नुको साटो स्थानीय देबी देवताको भाकल गर्न लगाउने चलनले गर्दा वन जंगलमा संरक्षणमा समस्या ल्याएको छ । बर्सेनि हुने आगलागीका घटनामा हातमा मन्दिरमा लगाएको धजाहरु बोकेर गाउँमा अनुसार हेरेर रकम असुल्ने चलने गर्दा वन जंगल संरक्षणमा समस्या आएको हो । 

आधिकारिक सामुदायिक वन समुह भन्दा आफू खुसी बनाएका समुहबाट रकम असुल्ने गरेको गुनासो डिभिजन वन कार्यालय ,जाजरकोटमा पुगिसकेको छ । यस्तै खालको गुनासो प्रदेशका अधिकांश डिभिजन वनमा पुगेको बताइन्छ । 

 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ४६ बजे

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी

कांग्रेसका प्रतिनिधिलाई जेन-जीले भने : पार्टीसँगै राष्ट्रिय राजनीतिमा आमूल परिवर्तनको खाँचो छ

काठमाडौं- नेपाली कांग्रेसनिकट जेन-जीहरूले पार्टीको नेतृत्वमा राष्ट्रिय राजनीतिमा आमूल परिवर्तन

ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो

एजेन्सी– जर्मनीका शीर्ष कूटनीतिज्ञले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई