एमाले अध्यक्ष ओली अस्वस्थ « Khabarhub

एमाले अध्यक्ष ओली अस्वस्थ


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले आफू भाइरल ज्वरोबाट पीडित भएको जानकारी दिएका हुन् ।

‘भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ उनले फेसबुकमा लेखेका छन् ।

उनले तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने इच्छा भएपनि अस्वस्थताका कारण आफू ती कार्यक्रममा सहभागी हुन नसकेको उल्लेख गरेका छन् ।

‘‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं ।’’ उनले फेसबुकमा लेखेका छन् ।

उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न आउने बताएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : ५६ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ