चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला « Khabarhub

चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ ।

चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना प्रकाशित गरी चन्द्रागिरि नगरपालिका नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समितिको चैत २० गतेको निर्णयानुसार संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८० मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिका लागि निवेदन आह्वान गरेको हो ।

सो नगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को परिच्छेद-४ दफा ७ को उपदफा ३ को ३४ प्रतिशत नगरपालिकाको छात्रवृत्ति बैंकका लागि निवेदन आह्वान गरेको हो ।

छात्रवृत्तिका लागि निवेदन दिन चाहने विद्यार्थीले चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को दफा ८ को उपदफा ६ बमोजिम आवश्यक कागजात साथ सम्बन्धित विद्यालयमा वैशाख १८ गतेसम्म बुझाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ०२ बजे

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५