सेखुवा–चखेवा सडक कालोपत्रे गराउन मन्त्री ज्वालाको ध्यानाकर्षण « Khabarhub

सेखुवा–चखेवा सडक कालोपत्रे गराउन मन्त्री ज्वालाको ध्यानाकर्षण


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला समन्वय समिति खोटाङले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तरगत खोटाङको सेखुवा-चखेवा भञ्ज्याङ (१० किलोमिटर) खण्ड कालोपत्रेको काम सम्पन्न गर्ने ‘उपाय’ अपनाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् । 

पटक-पटक अनुरोध गर्दा र दवाव दिँदा पनि ठेकेदारले सेखुवा–चखेवा खण्ड कालोपत्रेको काम नगरेको भन्दै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आइतबार मन्त्री ज्वालालाई ध्यानाकर्षण–पत्र बुझाउँदै कालोपत्रेको काम सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । ‘ठेकेदारलाई धेरै पटक अनुरोध र दवाव दिँदा पनि काम भएन,’ ध्यानाकर्षण–पत्रमा भनिएको छ, ‘कुन उपायबाट हुन्छ, यो खण्डलाई कालोपत्रे गरि यातायात सुचारु गर्ने व्यवस्थाका लागि अनुरोध छ ।’ 

ठेक्का लागेको पाँच वर्ष बित्दा समेत भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले सेखुवा–चखेवा भञ्ज्याङ सडक कालोपत्रेको काम सम्पन्न गर्न सकेको छैन । ठेकेदारले चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र बैसाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने लगायतका प्रतिवद्धता जनाएका थिए । तर ठेकेदारले आफ्नो ‘सेड्युल’ अनुसार काम नगरेको प्रमुख राईले बताए । 

यस्तै, जिल्ला समन्वय समितिले खोटाङको लाइफलाईनका रुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम यथाशिघ्र सम्पन्न गर्नका लागि पहल गर्न माग आग्रह गरेका छन् । महुरे–फोक्सिङटार सडकको महुरे–राजापानीको सिमपानी(२२ किलोमिटर) खण्ड कालोपत्रेको काम भारत कन्ट्रक्सन–सिद्धी शाही र सिमपानी भञ्ज्याङ–फोक्सिङटार खण्ड (२७ किलोमिटर) कालोपत्रेको काम देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले गरिरहेको छ । दुबै खण्डको काम निराशाजनक छ । 

महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको भारत कन्ट्रक्सन-सिद्धी शाही निर्माणस्थलमा रहेका गाडी, क्रसर मेसिन उठाएर हिँडिसकेको छ । पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामान उठाएर लगेको हो । 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ५५ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा