कास्की मालपोतको घटना छानविन गरी रिपोर्ट पेश गर्न मन्त्री श्रेष्ठको निर्देशन | Khabarhub Khabarhub

कास्की मालपोतको घटना छानविन गरी रिपोर्ट पेश गर्न मन्त्री श्रेष्ठको निर्देशन


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरूले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छन् । आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । 

केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।

सोही घटनाको विषयमा थप सत्यतथ्य छानविन गरि विभागीय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् । ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्राचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिनँ

जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भइहेको छ त्यस विषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोनमा भनिन् । 

मन्त्री श्रेष्ठले कास्की मात्रै हैन अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरूको अवस्था र समस्याका विषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न निर्देशन दिइन् । मालपोत र नापी कार्यालयहरूमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्यूनीकरण गर्ने उनले  बताइन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ०३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’