एक सातादेखि धमिलो पानी प्रयोग गर्न बाध्य उपभोक्ता « Khabarhub

एक सातादेखि धमिलो पानी प्रयोग गर्न बाध्य उपभोक्ता


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन् । ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै एक हप्तादेखि माटोको लेदोसहित धमिलो आइरहेको छ ।

दिनमा दुई समय बिहान र बेलुका उपभोक्ताका घरघरमा प्रवाह हुने पानी हप्तौँदेखि मैलो र धमिलो आएपछि बजारवासी तथा उपभोक्ता मारमा परेका छन् । कतिपयले नजिकका धारा कुवाबाट गाग्रोमा पानी बोकेर प्रयोग गर्दै आएका छन् भने प्रायले त्यही धमिलो पानी प्रयोग गरिरहेका छन् ।

“बिहान बेलुका लेदोसहित धमिलो पानी आइरहेको छ, नजिकै धारा, कुवा पनि छैनन्, त्यही धमिलो पानी प्रयोग गर्न बाध्य छौँ, स्वास्थ्यमा समस्या आउला भन्ने डर हुन थाल्यो”, फुङलिङवासी राजकुमार तामाङले भने । धमिलो तथा फोहर पानी आउने गरेकाले बजार क्षेत्रमा फाट्टफुट्ट धारामा गाग्रोसहित पानी भर्नेको भीड लाग्ने गरेको देखिन्छ । घर पायक धारा कुवा हुनेले पानी बोकेर प्रयोग गरे पनि टाढाकाले भने धमिलो पानी नै प्रयोग गर्न बाध्य छन् ।

यता उपभोक्ता समितिले भने मुहानमा घेराबारा गर्ने तथा सफा गर्ने काम भइरहेकाले पानी धमिलो आइरहेको बताएको छ । “केही दिनदेखि मुहानमा तार जाली लगाएर घेराबारा गर्ने, मुहान सफा गर्नेलगायत काम गरिरहेका छौँ, त्यसैले धमिलो पानी आइरहेको हो, अबको दुई दिनभित्रै काम सक्छौँ”, उपभोक्ता समितिका अध्यक्ष कमल गुरागाई भने। उनका अनुसार धमिलो पानी ट्याङ्कीमा जान नदिन पाइपमार्फत कटाउने प्रयास गरे पनि विभिन्न ठाउँबाट चुहिने भएकाले समस्या आएको हो ।

ताप्लेजुङमा दुई मुहानको पानी सङ्कलन गरेर वितरण हुँदै आएको छ । फुङलिङ नगरपालिकास्थित बुङ्कुलुङ क्षेत्रमा रहेको देवी खोला र पाथीभरा याङ्वरक गाउँपालिकाको नाङ्खोल्याङको गरी दुई ठाउँका मुहान प्रयोग भएका छन् । हाल देवी खोलाको मुहान सरसफाइ गर्ने काम भइरहेको हो । धमिलो पानीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या आइपर्ने भएकाले तत्काल समस्या समाधान गर्नुपर्ने भन्दै बजारबासीले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : २५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष