अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइन : राजेन्द्र लिङ्देन « Khabarhub

अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइन : राजेन्द्र लिङ्देन


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताएका छन् ।

ऋण काढेर कर्मचारीले तलब तथा जनप्रतिनिधिले सेवा सुविधा लिनुपर्ने परिस्थिति रहेको भनी सरकारी अधिकारीले नै बताउनुले मुलुक गम्भीर सङ्कटतर्फ गएको पुष्टि भएको लिङ्देनको भनाइ छ । आज राप्रपा पाँचथरले फिदिममा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चालु खर्च चलाउन ऋण उठाउनुपर्ने स्थिति सामान्य कुरा नरहेको र यो अवस्था सहजै समाधान गर्न कठिन हुने बताए ।

राप्रपा अरुलाई गाली गरेर नभई सुस्पष्ट नीति र कार्यक्रम लिएर देशको अवस्था सुधार गर्न लागि परेको बताउँदै उनले आफ्नो दलसँग रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यलाई अधिकारका रूपमा दिने दृष्टिकोण रहेको दाबी गरे ।

सरकारमा सहभागिता जनाएर ४० दिनको अवधिमा भ्रष्टाचार नगर्ने सङ्कल्पलाई पुष्टि गर्नुका साथै कर्मचारीतन्त्र खराब छ भन्ने अफवाहलाई गलत सावित गरेको उनको भनाइ छ ।

राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले मुलुकमा राजनीतिक सङ्कट आएपछि जनता जाग्ने गरेको इतिहास रहेको बताउँदै मुलुकलाई समस्यामा जानबाट रोक्न जनता जागरुक हुनुपर्ने बताइ ।

राप्रपाका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, राप्रपाका नेता मानदेव केरुङ, राजकुमार जोशी लगायतले आफ्ना धारणा राख्नुभएको थियो । राप्रपाबाट वडाध्यक्ष निर्वाचित फिदिम नगरपालिका–४ र १० का वडाध्यक्षद्वय उपेन्द्र लावती र ओमराज थाम्सुहाङ तथा अन्य वडा सदस्यलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : २८ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा