प्रिमियर लिगमा लिभरपुलको सहज जित « Khabarhub

प्रिमियर लिगमा लिभरपुलको सहज जित


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ । लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३-० को सहज जित निकाल्दै लिगको शीर्ष चारमा नै रहने सम्भावना बलियोसमेत बनाएको छ ।

किङपावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जित पछि उसको चौथो स्थानमा उक्लिने सम्भावना बलियो बन्दै गएको हो ।

सो खेलको ३३औं मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलले १-० को अग्रता लिन सुरु गरेको थियो र त्यसको तीन मिनेट पछि नै अथावत ३६औं मिनेटमा जोन्सले मोहम्मद सलाहकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोलसँगै लिभरपुल पहिलो हाफमा २-० ले अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ७१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले थप गोल  गरे पछि लिभरपुल सहज रुपमा ३-० को अग्रता कायम गर्न सफल हुन पुग्यो । त्यसपछि दुवै टोलीवाट कुनै गोल हुन सकेन र अन्ततः खेल ३-० मा नै टुंगियो ।

यस जितसँगै लिभरपुलले ३६ खेलबाट ६५ अंक बटुेलेको छ भने पराजित लेस्टर समान ३६ खेलबाट ३० अंक जोडेर १९औं स्थानमा सीमित रहन पुगेको छ । पछिल्लो यो जितसँगै पाचौँ स्थानमा रहेको लिभरपुललाई चौथौं स्थानमा जानका लागि थप सहज भएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ६ : ३५ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा