महानगरको कर्मचारीले भ्रष्टाचार गरे मेरो मोबाइलमा खबर गर्नुहोस्– बालेन शाह « Khabarhub

महानगरको कर्मचारीले भ्रष्टाचार गरे मेरो मोबाइलमा खबर गर्नुहोस्– बालेन शाह


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू मातहतका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिन अपिल गरेका छन् । 

काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् । 

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,’ उनले भनेका छन्, ‘कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्‍यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।

उनले अगाडि मोबाइल नम्बर उपलब्ध गराउँदै भनेका छन्, ‘हामी लाई ९८६३५९२०११  मा व्हाट्सएपमा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ६ : ४२ बजे

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका