कर्मचारी फस्ने र नेता उम्किने खतरा बढ्यो « Khabarhub

कर्मचारी फस्ने र नेता उम्किने खतरा बढ्यो

नक्कली शरणार्थी मुद्दामा नेताबीच सहमति भए कारबाही अघि बढ्दैन


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

नेपालमा यो समयमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यलगायत बहालवाला सचिव, पूर्व मन्त्री, पूर्व उपप्रधानमन्त्रीलगायत व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। यो प्रकरणमा संलग्न भएको आरोपमा एकपछि अर्को गर्दै ठूला भनिएका नेता र सचिव पक्राउ पर्नेक्रम जारी छ र यसमा मुछिएका व्यक्तिहरू तानिनेक्रम चलिरहेकै छ। अहिलेको समयमा यो प्रकरण यसरी आउनुको कारण के हुन सक्ला ? उनीहरूसँग जोडिएका अन्य व्यक्ति बारे अब के हुन्छ ? यो प्रकरण कसरी सेलाउँछ कि कसरी समाधान हुन्छ ? यी र यस्तै विषयमा आधारित रहेर अभिवक्ता तथा स्वतन्त्र राष्ट्रिय अभियानका संस्थापक अध्यक्ष स्वागत नेपालसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

यो प्रकरणले देशको नाक काट्ला भन्ने नेपालीमा लज्जास्पद अवस्था सिर्जना भएको हो ?
नेपालमा यस्ता कुरा नराम्रा हुन भनेर विरोध गर्दा मेरो पनि हातमा धेरै पटक हतकडी लागेको छ। एमसीसीको विरोध गर्दा होस, सिमाना मिचेको विषयमा विरोध गर्दा होस, कुनै बेला मानिसमा हतास हुनेरहेछ। पीडित पक्षको तर्फबाट बहस गर्नु अति उचित रहन्छ। यो अहिलेको सन्दर्भमा एउटा अधिवक्ताले नै सत्य रूपमा काम नगरेको जस्तो भान हुन्छ। विपक्षमा बहस गर्ने म एक्लो र अन्य पक्षबाट ५० औं जना रहेका थिए। अघिल्लो पुस्ता भन्दापछि आएका मान्छे धेरै जान्ने हुन्छन्। न्यायिक प्रणालीलाई असर पार्ने गरेर कोही बोल्नु हुँदैन।

पूर्व गृहमन्त्री खाणको पक्षमा जमानी को बसेको हो ?
बारको तर्फबाट जमानी बस्ने कुरा भयो। बहसको क्रममा यो भएको छ। तर बारको अध्यक्षले संस्थागत रुपमा होइन, व्यक्तिगत रुपमा मात्र जमानी बस्छु भनेर भन्नुभएको छ। उहाँले बारको एउटा इतिहास र इज्जतलाई जोगाई दिनुभएको हो। उहाँको लागि सबै सकारात्मक कार्यको हात अगाडि बढाएको जस्तो लाग्छ।

तपाईं पनि यो विषयमा पक्षको रूपमा लागेको भए के हुन्थ्यो ?
बार समेतको कुरा आएको थियो। त्यस कारण जमानीमा छोडिन्थ्यो होला। उहाँलाई कसैले जिम्मा लिएर घर पठाउने अवस्था थियो। त्यसमा टेबलमा अगाडि प्रमाण राखेर वकिलले निर्णय लिने हो। त्यसमा बोल्ने त प्रमाण नै हो। न्यायाधीश भनेको माइक्रोफोन मात्र हो।

तपाईंको बहस कस्तो खालको थियो। त्यो बहसले बालकृष्ण खाणलगायतको आरोपले म्याद थपको अवस्था सिर्जना भयो ?
मैले मानव न्यायशास्त्रदेखि लिएर पूर्वीय दर्शनका ग्रन्थहरूमा न्याय छिन्दा न्यायाधीशले कसरी छिन्नु पर्छ भनेर बोलेको छु। सेना परिचालनको कुरा, अर्थतन्त्रको कुरा, कर लगाउने कुरा, प्रमाणको कुरा छन्। मान्छेले लाखौं पैसा तिरेका छन्। एउटै परिवारका धेरै सदस्य ऋण लिएर बाहिर नै जानुपर्ने अवस्था छ। त्यो बाहिर जानको लागि तिर्ने रकम भन्दा यही देशमा केही कार्य गरे कति सहजता हुने थियो। युवा यो सरकारले नै बेच्दै आएको छ। गाउँ गाउँका युवालाई उत्पादनशील कार्यमा ध्यान दिएर कार्य गर्न सकिन्छ। देश बेच्ने डकुमेन्ट कर्मचारीले ल्याउँदा हस्ताक्षर गर्ने मन्त्रीलाई कारबाही हुनैपर्छ। यहाँ अदालतमा प्रवेश गर्दा पूर्व गृहमन्त्री हतकडी बिना बेहुरो जस्तो भएर आउने पद्धति ठिक भएन भनेर म अगाडि बढेको छु।

म्याद थप भएर आरोप लागेका व्यक्ति थुनामा छन्। यो विषय यही समयमा आउनुको कारण के होला ?
यो देशमा दुई वटा कानुन छन्। सामन्तको लागि, सुकिला मुकिलाको लागि, सेलिब्रेटीको लागि र उत्पीडित दुःखीको लागि छुट्टै कानुन बनेका छन्। एउटै अपराधमा यो भन्दा अर्को प्रमाणित गर्ने ठाउँ नै छैन। यसमा मुख्य कुरा नेता र कर्मचारी मिलेर जनतालाई कुन अवस्थामा पुर्याएको हो ? त्यो हामी आफै अनुमान गर्न सकिन्छ।

यो बहस सकिएपछि तपाईंलाई धम्की आएको कुरा साँचो हो ?
हो। मैले बहस गर्दैगर्दा त्यो सूचना गइसकेको थियो। बाहिर अर्को रूपको वातावरण पनि थियो। बहसबाट बाहिर निस्कँदा नै मलाई असहज तथा अप्ठ्यारो पारिएको थियो। त्यहाँ अधिवक्ता नै अन्य भेषमा आएको जस्तो लाग्यो। ती अधिवक्ता हुन जस्तो नै मलाई लागेन। यसलाई प्रभावित पार्न असहज नै भएको छ। ५० जना एकातिर थिए भने म एक्लो थिएँ। हाम्रो प्रस्तुतिसँग ती व्यक्तिको मनोबल निरिह हुन्छ। यसलाई प्रभावित गर्ने गरेर उहाँहरूको मनोबल कमजोर छ। फेरि स्वागत नेपाल मर्न डराउने मान्छे होइन। म हारेँ भन्ने मनस्थितिका मान्छेलाई हामीले धेरै उठाउनु हुँदैन।

अहिलेको घटना हेर्दा तपाईं कारबाही उन्मुख देखिरहनु भएको छ कि ? शीर्ष नेताको पटक पटक बैठक बसेकोसमेत छ। तपाईंलाई के लाग्छ ?
दलका नेताको बीचमा खासगरी केपी ओलीसँग सहमतिमा टुंगियो भने कारबाही प्रक्रिया अगाडि बढ्दैन। सहमति भएन भने अरू नेता पनि तानिन्छन्। उहाँहरूले के प्रयत्न गर्दै हुनुहुन्छ भने कर्मचारीलाई फसाउन सक्ने दिशातर्फ जाने सम्भावना बढिरहेको छ। शीर्ष नेताको छलफल यतातर्फ मोडिएको देखिन्छ। यसमा सहभागी गराइएन भनेर चिन्तित हुने पनि भ्रष्टाचारी छन्।

प्रधानमन्त्री र गृहमन्त्रीको ज्यान गएमा मात्र यो प्रकरण ढिसमिस हुन्छ नत्र भने यो अगाडि बढ्छ भनेर पनि पत्रिकामा आएका छन्। के हो ?
यो प्रकरण अगाडि बढ्छ भने दुई दिन बाच्ने जिन्दगी जो सुकैको होस्। देशमा यति धेरै मान्छे मरे अरू एक दुई जना मान्छे मर्दा के हुन्छ ? यहाँ मर्नै पर्नेहरू बाँचिरहेको र बच्नै पर्नेहरू मरिरहेको कारणले नै हामी यहाँ यो अवस्थामा छौँ। त्यो कुनै ठूलो कुरा हो जस्तो लाग्दैन। संसद्ले कानुन नै बनाएर भ्रष्टाचार गर्ने बाटो खेलेका छन्। यी कानुन नै खारेज गरेर अगाडि बढ्नेगरि हामी सर्वोच्च अदालतमा गएका छौं। तीन नेताबीच सहमति भए कर्मचारी र पीडित फस्ने र नेताहरू बाहिर निस्कने अवस्था बन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ११ : २० बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त