उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सम्पन्न « Khabarhub

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सम्पन्न


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरूलाई स्वागत गरेका थिए ।

बैठकमा समितिका सम्पूर्ण सदस्यहरूले आआफ्नो परिचय दिएका थिए । समितिमा २५ सांसद सदस्य छन् । गत वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको थियो । 

समितिमा नेकपा (एमाले)का आठ, नेपाली कांग्रेसका सात, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन-तीन, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका एक-एक सांसद सदस्य हुन् । 

बैठकमा समितिका सचिव रामकुमार पौडेलले समितिको समान्य परिचय र कार्यक्षेत्रका बारेमा सदस्यहरूलाई जानकारी गराएका थिए। उद्योग, वाणिज्य आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपभोक्ता हितसँग सम्बन्धित विषय सो समितिको कार्यक्षेत्र रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १ : ०० बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा