अपरा (अचला) एकादशी आज « Khabarhub

अपरा (अचला) एकादशी आज


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात् अचला एकादशीको व्रत आज गरिँदै छ । अपरा (अचला) एकादशीका बारेमा कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा गरिएको छ । पुराण–अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसम्पदा प्रदान गर्दछ । यस दिन भगवान् त्रिविक्रमको पूजा गर्ने गरिन्छ ।

यो व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै पाप नष्ट हुने जनविश्वास छ । युद्धभूमिबाट भाग्ने क्षत्रीय नरकगामी हुन्छन, अपरा एकादशीको व्रत लिनाले ती पनि स्वर्ग पुग्दछन । जो शिष्य गुरूसित शिक्षा ग्रहण गरेर पुनः उनकै निन्दा गर्दछन ती पनि नरकगामी हुन्छन् तर अपरा एकादशीको व्रत गर्नाले ती पनि यस पापबाट मुक्त हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताए ।

जुन फल तीनैवटा पुष्कर तीर्थमा कार्तिक पूर्णिमाका दिन स्नान गर्नाले वा गंगा तटमा पितृहरूलाई पिण्डदान गर्नाले प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले प्राप्त हुने धार्मिक मान्यता समेत छ ।

मकरको सूर्यमा प्रयागराजको स्नानबाट, शिवरात्रिको व्रत गर्नाले सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नानबाट, कुम्भमा केदारनाथको दर्शन वा बद्रीनाथको दर्शन, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नानबाट, स्वर्णदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ ।

यो व्रत पापरूपी वृक्षलाई काटने बन्चरो, पापरूपी इन्धनलाई बाल्ने अग्नि, पापरूपी अन्धकारलाई मेटाउने सूर्य, मृगलाई मार्ने सिंह समान छ । अतः मनुष्यले पापसित डराउँदै यस व्रतलाई अवश्य पालना गर्नु पर्दछ । अपरा एकादशीको व्रत तथा भगवान्को पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्ने भनी ग्रन्थमा उल्लेख गरिएको उनले सुनाए ।

स्मार्तहरुले यो व्रत सोमबार नै गरेका छन् । वैष्णवहरुले भने आज अपरा अर्थात् अचला एकादशीको व्रत गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १२ : ०३ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही