आरजु राणासम्बन्धी अडियो झूठो, नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो : प्रवक्ता महत « Khabarhub

आरजु राणासम्बन्धी अडियो झूठो, नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो : प्रवक्ता महत


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजु राणासम्बन्धी अडियो झूठो भएको दाबी गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसून’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन् ।

‘आरजु राणाको नाममा आएको अडियो झूठो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झूठो भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ, त्यसको सत्य तथ्य अझै बाहिर आएको छैन्, यो आउनुपर्छ भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नुभएको छ ।’

मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेको महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापूर्वक लिएको पनि जनाएका छन ।

‘बालकृष्ण खाँणजीमाथि पनि अनुसन्धान जारी रहेको छ, उहाँमाथी पनि छानबिन जारी छ, सो छानबिन पछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उनको प्रतिक्रिया थियो ।

यस विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको पनि उनको भनाइ छ । ‘महामन्त्रीहरुले पनि त्यसबारेमा कुनै फरक मत राख्नु भएको छैन, पार्टी निर्णयप्रति उहाँहरु प्रतिबद्ध रहनु भएको छ’ उनले भने ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १२ : ३८ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका