चक्कु प्रहार गर्ने चार जना पक्राउ | Khabarhub Khabarhub

चक्कु प्रहार गर्ने चार जना पक्राउ


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुलीको तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक जनालाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनापछि फरार रहेका सिन्धुलीको तिनपाटन गाउँपालिका–७ का १९ वर्षीय विशाल भन्ने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी, २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् । उनीहरुका साथबाट अँधेरोमा चम्कने एक वस्तु पनि बरामद गरिएको छ ।

अर्का आरोपित तिनपाटन गाउँपालिका– ७ का २७ वर्षीय विदुर लामिछाने फरार छन् । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

उनीहरुले वैशाख ३१ थाक्लेडाँडाको जङ्गलमा ढुङ्ग्रेबेँसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । लोकबहादुरसँग चकमके जाने क्रममा ढुङ्गाजस्तो देखिने चम्किलो वस्तुको विषयमा विवादद हुँदा ती पाँचै जनाले आक्रमण गरी घाइते बनाएको उजुरी परेको उनले जानकारी दिए ।

उनको दाहिने पातामा छुरा प्रहरा गरी साथमा रहेको रु ३० हजार र एक थान मोबाइलसमेत लगेको बताइएको छ । घाइतेको थप उचारका लागि काठमाडौँ लगिएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १२ : ४२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ