न्युजिल्यान्डको राजधानीमा आगलागी हुँदा ६ जनाको मृत्यु « Khabarhub

न्युजिल्यान्डको राजधानीमा आगलागी हुँदा ६ जनाको मृत्यु


२ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन- न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चारतले होस्टेल भवनमा रातभर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अरु ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार सोमबार मध्यरात करिब साढे १२ बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको हो ।

आगलागी भएको उक्त भवनबाट ५२ जनालाई उद्धार गरी बाहिर निकालिएको छ भने पाँच जनाको छतबाट उद्धार गरिएको छ । तर अझै थुप्रै व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुईजना गम्भीर घाइतेसहित पाँच जनालाई अस्पताल पठाइएको छ ।

बिहानको समाचार कार्यक्रमसँग कुरा गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले सो घटनामा थप मृत्यु हुनसक्ने आशङ्का रहेको बताएका छन् । घटनास्थलको निरिक्षणपछि हिपकिन्सले पीडितहरू र तिनीहरूका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन् ।

उक्त भवन यस वर्षको शुरुमा निरीक्षण गरिएको र सबै मापदण्ड पूरा गरिएको पाइएको भए पनि यसमा स्प्रिंकलर प्रणाली भने नभएको आवासमन्त्री मेगन वुड्सले बताएकी छिन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ३ : १२ बजे

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि

म्यान्मामा विवाह समारोह भइरहेको घरमा सैन्य हवाई आक्रमण, १७ जनाको मृत्यु भएको आशङ्का

याङ्गुन- म्यान्माको सेनाले द्वन्द्वग्रस्त क्षेत्रमा विवाह समारोहको तयारी भइरहेको घरमा

भीरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गबाट खसेर एक विद्यार्थी

विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

जनकपुरधाम- त्रेतायुगीन राम–सीता विवाहको पौराणिक परम्परालाई पुनःजीवन्त बनाउँदै जनकपुरधाममा मनाइने