न्युजिल्यान्डको राजधानीमा आगलागी हुँदा ६ जनाको मृत्यु « Khabarhub

न्युजिल्यान्डको राजधानीमा आगलागी हुँदा ६ जनाको मृत्यु


२ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन- न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चारतले होस्टेल भवनमा रातभर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अरु ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार सोमबार मध्यरात करिब साढे १२ बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको हो ।

आगलागी भएको उक्त भवनबाट ५२ जनालाई उद्धार गरी बाहिर निकालिएको छ भने पाँच जनाको छतबाट उद्धार गरिएको छ । तर अझै थुप्रै व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुईजना गम्भीर घाइतेसहित पाँच जनालाई अस्पताल पठाइएको छ ।

बिहानको समाचार कार्यक्रमसँग कुरा गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले सो घटनामा थप मृत्यु हुनसक्ने आशङ्का रहेको बताएका छन् । घटनास्थलको निरिक्षणपछि हिपकिन्सले पीडितहरू र तिनीहरूका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन् ।

उक्त भवन यस वर्षको शुरुमा निरीक्षण गरिएको र सबै मापदण्ड पूरा गरिएको पाइएको भए पनि यसमा स्प्रिंकलर प्रणाली भने नभएको आवासमन्त्री मेगन वुड्सले बताएकी छिन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ३ : १२ बजे

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष