मुलुकको आर्थिक अवस्था सुधार हुने नीति ल्याउन सरकारलाई सत्तारुढ दलकाे सुझाव « Khabarhub

मुलुकको आर्थिक अवस्था सुधार हुने नीति ल्याउन सरकारलाई सत्तारुढ दलकाे सुझाव


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दलले मुलुकको आर्थिक अवस्था सुधार हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

उनीहरूले सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा मंगलबार बसेको सरकारलाई समर्थन गर्ने दलहरूको बैठकमा कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था पनि सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बिभिन्न दलका नेताहरूले परम्परागत भन्दा पनि नयाँ ढङ्गको कार्यक्रम ल्याउन पनि सुझाव दिएको उनले जानकारी दिए । जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव आएको उनले बताए ।

सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रम तयारी गरेको छ । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : ३९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका