अन्तरपालिका पुरूष भलिबलको उपाधि अन्नपूर्णलाई « Khabarhub

अन्तरपालिका पुरूष भलिबलको उपाधि अन्नपूर्णलाई


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।

फाइनल खेल पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको हो । उपाधिसँगै अन्नपूर्णले रु ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता माछापुच्छ्रेले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको टोली तेस्रो  भयो । महानगरको टोलीले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

पोखरा महानगरपालिका भलिबल सङ्घको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा अन्नपूर्णका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी, माछापुच्छ्रेका समीर गुरूङ उत्कृष्ट डिफेन्डर, पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर तथा अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए । 

उनीहरुलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए। प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका दुई-दुई तथा माछापुच्छ्रेको एउटा टोली  सहभागी थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ४९ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको