राजनीतिको फोहोर हामीले सफा गर्ने हो | Khabarhub Khabarhub

राजनीतिको फोहोर हामीले सफा गर्ने हो

२५ वर्षमा नयाँ युगको परिकल्पना


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ युगको नयाँ संकल्प भनेर नयाँ नीतिगत बहस गर्दैछ । त्यो बहसमाथि विभिन्न कोणबाट प्रश्नहरू आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बनाउँदै गरेको नीति र त्यसमा भइरहेको बहसमा केन्द्रित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महासचिव कविन्द्र बुर्लाकोटीसँग गोविन्द खड्काले गरेको कुराकानीको सम्पादित अंश :

यो समयमा नीतिगत बहस किन सुरु गर्नुभयो ?
हाम्रो पार्टी स्थापनाको एक वर्ष पूरा हुँदा पार्टीको स्थापना दिवस मनाउँदै छौँ । यो दिवस असार ७ गते पर्छ । त्यो बेलासम्म आउँदा पार्टीले भोगेको उतारचढाव र पार्टीमा रहेका चुनौतीहरू छलफल हुनु राम्रो हो । हामीले यसलाई स्वाभाविक ठानेको छौँ ।

‘नयाँ युगको संकल्प’ भनेको के हो ?
अहिलेको अवस्था आम नागरिकले रुचाएका छैनन् । हामी राजनीतिकलगायत धेरै हिसाबले पछाडि छौँ । राजनीति धेरै धमिलो भएको छ । त्यसलाई हामीले सफा गर्नुपर्छ । अहिले भएको अवस्थालाई परिवर्तन गरेर आम नागरिकले सोचेको जस्तो गर्ने गरी नयाँ युगको परिकल्पना गरेका छौँ ।

यो परिकल्पना गरेको नयाँ युगको अवधि कति समय हो । तपाईंहरूले अघि सारेको दस्तावेजले प्रस्ट चित्र किन नदिएको ?
अबको पाँच वर्षमा रोडम्यापमा प्रवेश गर्छौँ । त्यसको २५ वर्षमा नयाँ युगको स्थापना गर्न सक्छौँ । दस्तावेजमा व्यापक छलफल गरेर सबैको सहमतिमा छलफल भइरहेको छ ।

चुनावमा एउटा घोषणा पत्र बनाएर जानु भएको थियो । ती विषय र नीतिगत बहसमा समेटिएका विषय किन मिलेनन् ?
हामीले अहिले पार्टीको राजनीतिक दस्तावेज तयार गर्न खोजेका छौं । आम नागरिकको चासोको विषय भनेको विकासका कार्य हुन । मुलुक ठुलो सिद्धान्तवाद दर्शनमा अडिने काम छैन । नागरिकका आवश्यकता पुरा गर्ने हो। आम नागरिकको धारामा सफा र स्वस्थ पानी आउनु पर्याे । हामी विगतदेखि सैद्धान्तिक हिसाबमा सही छौँ । अहिले हामीले व्यवहारिक रूपमा काम गरेका छौँ ।

६८ पृष्ठ लामो दस्तावेजको कुन नीतिगत पाटोले आम नागरिकको धारामा सफा स्वस्थ पानी आउँछ ?
सुशासन हाम्रो पहिलो शर्त हो । सबैले आ–आफ्नो जिम्मेवारीमा रहेको काम गर्नुपर्छ । काम गर्न एउटा रूपरेखा बनाएको हुन्छ । काम गर्ने मानिसमा सक्रियता नभएको कारणले यो नभएको हो । म्याद मात्र थप्ने काम हुन्छ । ‘नयाँ युगको संकल्प’ कागजमा लेखेर मात्र हुँदैन । त्यसैमा टेकेर काम गर्नुपर्छ ।

दस्तावेज पढ्दा आम नागरिकका मुद्दामा अगाडि बढ्नु पर्नेमा नीति कार्यदिशामा भन्दा विचार तिर केन्द्रित छैन र ?
पार्टीले के काम गर्नुपर्छ, मूलभूत आवश्यकता के हो ? भनेर पार्टीले छलफल गरिरहेको छ । देशभित्र हामीले रूपान्तरण गर्ने हो । त्यही अनुरूपको नीति तथा कार्यक्रम आवश्यक भएकाले हामीले त्यसको तयारी गरेका छौं ।

तपाईंहरूले संघीयतामा प्रदेशको संरचना नै खारेज गर्ने कि पुर्नसंरचना गर्ने भन्नु भएको हो ?
अहिले हाम्रो शासकीय स्वरूपमा तीन तह छन् । संघ, प्रदेश र स्थानीय सरकार छन् । यिनको समस्या र राम्रो दस्तावेज कहाँ छ भनेर हामीले केलाउँदै छौँ । यसरी हेर्दै गर्दा स्थानीय तहलाई अझै मजबुत बनाउनु पर्ने देखिएको छ । धेरै अधिकार त्यहाँ छ । तर क्षमता छैन । त्यो क्षमता बढाउनु पर्ने अवस्था छ । हामी सानो कुलो र खानेपानीको कुरा पनि केन्द्रबाट हेरेका छौँ । त्यो त्यही स्थानीयलाई दिनुपर्छ ।

प्रदेशमा प्रदेशको काम भनेको संघले छुट्याएको बजेटलाई बाँडफाँड गर्ने र र त्यसैमा अर्को बाँडफाँडको प्रक्रिया सुरु गर्ने देखिन्छ । प्रदेशले बलियो कानुनहरू बनाएर स्थानीय श्रोत परिचालनको कानुन बनाउन सकेको छैन ।

प्रदेश तहले गर्नुपर्ने काममा अलमलिएको जस्तो देखिन्छ । छरितो मन्त्रिपरिषद् हुनुपर्थ्यो । प्रदेश सभा सदस्य ५५० जना छन् त्यो जरुरी छैन । त्यसलाई आम नागरिकले सेतो हात्ती भनेका छन्। काम गरेन भन्ने आएको छ। त्यसलाई हामीले सानो छरितो बनाउनुपर्छ भनेका छौं । अहिलेको यो खारेज गरेर स्थानीय तहका जनप्रतिनिधि मध्ये निर्वाचित गरेर प्रदेश परिषद् बनाऔँ भन्ने मोडालिटी छ । अहिलेको संरचनाले काम गर्दैन भन्ने हाम्रो निष्कर्ष हो ।

तपाईंहरूले गर्भिलो इतिहासको कुरा गर्नु भएको छ । तर त्यसको व्याख्या गर्नु भएको छैन, किन ?
केही विषय जिरो ड्राफ्टमा हुनसक्छन् । छलफलको क्रममा कतिपय कुरा सार्वजनिक भएका छन्। आम नागरिकको कुरा सुन्दा यो राम्रो हो छलफल सुरु भएको छ । सकारात्मक निर्णय आउला जस्तो लाग्छ । हतारमा निर्णय हुँदैन ।

सभापतिलाई साइडमा राखेर हेर्दा आम मानिसले रास्वपा कस्तो भनेर चिन्ने ?
व्यक्तिको विषय भन्दा पनि रास्वपा सत्य, निष्ठा र इमानदार युवा र वयस्क रहेको पार्टी हो । यसले उन्नत लोकतन्त्रको लागि ज्यान दिएर काम गर्न चाहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : २५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको