राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग « Khabarhub

राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाजअनुसार लगाइएका शृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अब्दुल खानले संस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र पोशाक लगाउन नपाउने नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिष्कार गरिरहेको जानकारी दिए । यसका साथै यस्ता प्रावधान हटाउनुपर्ने उनको माग छ । 

‘आफ्नो संस्कृतिअनुसार महिलाले लगाएको सिन्दुर पुछ्नुपर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिष्कार गरेका छन्,’ उनले भने, ‘यस्तो बाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : ४१ बजे

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ