हलेसी तुवाचुङमा इएमटीसहितको एम्बुलेन्स सेवा सुरु « Khabarhub

हलेसी तुवाचुङमा इएमटीसहितको एम्बुलेन्स सेवा सुरु


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले राष्ट्रिय एम्बूलेन्स निर्देशिका–२०७८ बमोजिम ‘ख’ वर्गको एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरभित्रका नागरिकलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुर्‍याउन र ल्याउनका लागि नगरपालिकाले निर्देशिकाले तोके बमोजिमको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

संघ र प्रदेश स्वास्थ्य मन्त्रालयले जीपीएस जडान गरेको एम्बुलेन्समा अनिवार्य एकजना इमर्जेन्सी मेडिकल टेक्नेसियन (इएमटी) रहने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।

एम्बुलेन्स निर्देशिका बमोजिमको एम्बुलेन्समा आवश्यक उपकरण, अक्सिजन, औषधिसहितको इमर्जेन्सी मेडिकल टेक्निसियनकाे व्यवस्था गरिएको छ ।

इएमटीको निगरानीमा बिरामीलाई अस्पताल लैजाने सुविधा सहितको एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा अधिकांश एम्बुलेन्स निर्देशिका बमोजिमका छैनन् ।

अन्य बिरामीलाई शुल्क लागे पनि नगरभरीका गर्भवती र सुत्केरीलाई रेफरर अस्पतालसम्म निःशुल्क पुर्‍याउने व्यवस्था मिलाइएको छ । नगरका ११ वडामा रहेको बर्थिङ सेन्टरमा लगेको अवस्थामा रेफर भएका गर्भवती र सुत्केरीलाई रेफरर अस्पतालसम्म निःशुल्क लैजाने व्यवस्था मिलाइएको हो ।

संरक्षक विहीन नगरवासी र अन्यत्रबाट आएर नगरमा अलपत्र परेका व्यक्तिलाई समेत एम्बुलेन्समार्फत निःशुल्क नगर अस्पताल वा जिल्ला अस्पताल लगिने स्वास्थ्य शाखा संयोजक घिमिरेले बताए । त्रिधार्मिकस्थल हलेसीमा एक्लै आएकोबेला बिरामी परेका व्यक्तिलाई समेत निःशुल्क एम्बुलेन्स सेवा लक्षित गरिएको हो । २७ जेठदेखि सञ्चालनमा ल्याइएको एम्बुलेन्सबाट एक सुत्केरीसहित चारजनाले सेवा लिइसकेका छन् ।

बाढी, पहिरो, दुर्घटना जस्ता विपत्तिको समयमा समेत प्रयोग गर्नेगरी एम्बुलेन्समा मन्त्रालयको जीपीएस ट्रयाकिङ सिस्टम राखिएको हो । जीपीएस ट्रयाकिङबाट एम्बूलेन्स रहेको स्थानबारे थाहा हुने र विपत्तिका बेला नजिक पर्ने स्थानमा पठाएर उपयोग गर्न मिल्नेगरी जीपीएस ट्रयाकिङ सिस्टम राखिएको हो । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १ : ३७ बजे

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र