गोरखामा अति दुर्लभ तामे सालक भेटियो « Khabarhub

गोरखामा अति दुर्लभ तामे सालक भेटियो


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए ।

फेला परेकोे उक्त सालकलाई डिभिजन वन कार्यालय गोरखाबाट गएको टोलीले तत्काल उद्धार गरेको उनले बताए । “आज बिहान फेला परेको सालक तामे सालक हो, यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने । सालकको आहारा कमिला, धमिरा लगायतका कीरो भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उनको भनाइ छ ।

यसको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रजाति समुन्द्र सतहदेखि एक हजारदेखि २२ सय मिटरसम्मको उचाइमा पाइने वन अधिकृत गोेपालीले जानकारी दिए ।

उद्धार गरिएकोे सालकलाई उसैको प्राकृतिक बासस्थान ठाडेखोलको जङ्गलमा लगेर छाडिएको उनले बताए । विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने वन अधिकृत गोपालीले भनाइ छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : ५९ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द