समाजवादी मोर्चा घोषणालाई नेकपा एसले छिट्टै अगाडि बढाउने « Khabarhub

समाजवादी मोर्चा घोषणालाई नेकपा एसले छिट्टै अगाडि बढाउने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको छ । 

पार्टी कार्यालय तीनकुनेमा आज बसेको समाजवादीको बैठकले आवश्यक तयारी पुरा गर्दै समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनले मोर्चामा रहने दलहरूको आन्तरिक तयारी नपुगेका कारण शुक्रबार घोषणा हुने भनिएको समाजवादी मोर्चा केही दिनभित्रै घोषणा हुने बताए ।

एक वर्षअघिदेखि नै मोर्चा गठनका लागि नै पहल गर्दै आइरहेको भन्दै उनले मोर्चाको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा बैठकमा चर्चा गरिएको बताए । 

उनले मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने दलहरूबीच सैद्धान्तिक सहमति भएको, लेफ्ट फ्रन्ट बनाउन सहयोगी हुने धारणा राखे ।

समाजवादी मोर्चा गठनका लागि माओवादी, नेकपा एस, जसपाले पहिल्यै निर्णय गरेपनि विप्लवको नेकपा पनि छलफलमा रहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : ५८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर