समाजवादी मोर्चा घोषणालाई नेकपा एसले छिट्टै अगाडि बढाउने « Khabarhub

समाजवादी मोर्चा घोषणालाई नेकपा एसले छिट्टै अगाडि बढाउने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको छ । 

पार्टी कार्यालय तीनकुनेमा आज बसेको समाजवादीको बैठकले आवश्यक तयारी पुरा गर्दै समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनले मोर्चामा रहने दलहरूको आन्तरिक तयारी नपुगेका कारण शुक्रबार घोषणा हुने भनिएको समाजवादी मोर्चा केही दिनभित्रै घोषणा हुने बताए ।

एक वर्षअघिदेखि नै मोर्चा गठनका लागि नै पहल गर्दै आइरहेको भन्दै उनले मोर्चाको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा बैठकमा चर्चा गरिएको बताए । 

उनले मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने दलहरूबीच सैद्धान्तिक सहमति भएको, लेफ्ट फ्रन्ट बनाउन सहयोगी हुने धारणा राखे ।

समाजवादी मोर्चा गठनका लागि माओवादी, नेकपा एस, जसपाले पहिल्यै निर्णय गरेपनि विप्लवको नेकपा पनि छलफलमा रहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : ५८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका