कनकाईमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध  « Khabarhub

कनकाईमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध 


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । 

नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

‘मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ’, उनले भने, ‘भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।’

नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरू लागेको उनको भनाइ छ । ‘चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नगर कुरुप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ । ‘बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ’, उनले भने, ‘यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ ।’

नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार जरिवाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार जरिवाना तोकिएको छ ।

सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १२ : ४४ बजे

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने