व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार « Khabarhub

व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समाजको विकासका सन्दर्भमा जुनरूपमा शिक्षाको विकास हुनुपर्ने थियो त्यसरुपमा हुन नसकेको कुरा आएको सन्दर्भमा उत्कृष्ट शिक्षा सेवा दिने शिक्षालय र व्यक्तिलाई प्रोत्साहित गर्दै आपसी हातेमालो गरेमा शैक्षिक विकासमा योगदान पुग्न सक्ने उल्लेख गरे ।

‘हामीले प्राप्त गरेको ज्ञान र  ज्ञानको हस्तान्तरण गर्दै शैक्षिक विकास र व्यवहारिक शिक्षाका माध्यमबाट मुलुकले समृद्धि हासिल गर्न सक्छ ।’, उनले भने, ‘कानून र नीति निर्माण गर्ने सन्दर्भमा संसद्को भूमिकाका लागि मेरो सँधै सकारात्मक भूमिका हुने हुनेछ ।’

कार्यक्रममा सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले शैक्षिक विकास तथा  नीतिगत सुधार र कार्यान्वयनमा सम्बन्धित सरोकारवालाबाट साझा पहल हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ४ : ४३ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार