दलाई लामाको योगदानबारे श्रीलंकामा बौद्धिक गोष्ठी सम्पन्न « Khabarhub

दलाई लामाको योगदानबारे श्रीलंकामा बौद्धिक गोष्ठी सम्पन्न


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकामा तिब्बती धर्मगुरु दलाई लामाको योगदानबारे बौद्धिक गोष्ठी आयोजना गरिएको छ । श्रीलंकाको केलान्या विश्वविद्यालयले लामाको योगदानबारे गोष्ठी आयोजना गरेको हो ।

धर्मगुरु लामाको ८८ औँ जन्मदिनको उपलक्ष्यमा विश्वविद्यालयको मानविकी, समाजशास्त्र एवम् बौद्ध तथा पाली संकायले गोष्ठीको आयोजना गरेको हो ।

सतिपत्थ्यना अखबारका अनुसार लामा तिब्बतीहरुका आध्यात्मिक एवम् धार्मिक गुरु हुन् । बौद्ध धर्मबारे उनले १ सयभन्दा धेरै पुस्तक लेखिसकेका छन् । उनलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सन् १९३५ मा ल्हामो धोन्दुपका रुपमा तिब्बतको टाकेस्टरमा जन्मेका उनलाई १३ औँ दलाई लामाको पुनर्जन्मका रुपमा १४ औँ दलाई लामा घोषित गरिएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ४ : ५० बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल