३९ महिनासम्म पनि बनेन ट्रमा सेन्टर « Khabarhub

३९ महिनासम्म पनि बनेन ट्रमा सेन्टर


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ- लमहीमा निर्माणाधीन प्रदेशस्तरीय ट्रमा सेन्टरको काम हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको छ । विसं २०७७ चैत २४ गते सम्झौता भएर निर्माण कार्य सुरु भएको ३९ महिना बित्न लाग्दा पनि ट्रमा सेन्टरले पूर्णता पाउन सकेको छैन ।

लुम्बिनी प्रदेश गौरवको योजनाका रूपमा रहेको यस ट्रमा सेन्टरको काम कछुवा गतिमा हुनुले प्रदेश सरकारलाई नै गिज्याइरहेको छ । कतै बजेट अभावमा काम अलपत्र परेका छन्, भने कतै बजेट हुँदाहुँदै पनि समयमा काम सम्पन्न हुन सकिरहेका छैनन् ।

ट्रमा सेन्टर बनाउनका लागि दाङको लमही उपयुक्त भएको भन्दै लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको लमही नगरपालिकाका पूर्वनगर प्रमुख कुलबहादुर केसीले बताए ।

पूर्व–पश्चिम राजमार्गसँग सटेको, दुर्घटना भइहालेमा घाइते र बिरामीलाई तुरुन्तै अस्पताल पु¥याउन सकिने स्थान भएकोले लमही प्रदेश सरकारको रोजाइमा परेको उनको भनाइ छ ।

“हामी जनप्रतिनिधि भएर आइसकेपछि ती जग्गा स्थानीय सरकारको मातहतमा हुन्छ भन्ने बुझ्यौँ, त्यही बेला प्रदेश सरकारले ट्रमा सेन्टरका लागि जग्गा चाहियो भनेर हामीलाई खबर गरेपछि त्यहाँ भएको सहकारीलाई अन्यत्र व्यवस्थापन गरेर जग्गा उपलब्ध गराएका हौँ”, पूर्वनगर प्रमुख केसीले भने । केसीका अनुसार ट्रमा सेन्टर बन्दै गरेको जग्गा ऐलानी हो । त्यहाँ एउटा सहकारी सञ्चालन भइरहेको थियो ।

त्यसभित्र केही रुख पनि थिए । लुम्बिनी प्रदेश सरकारले सोही जग्गा उपलब्ध गराई दिन भनेर लमही नगरपालिकालाई भनेपछि नगरपालिकाले सहकारी अन्यत्र व्यवस्थापन गर्न पत्राचार गरे पनि सहकारी सञ्चालकबाट तत्काल सार्न नसकिने भनेपछि विवाद उत्पन्न भएको थियो ।

“त्यहाँ रहेको सहकारीलाई अन्यत्र व्यवस्थापन गर्यौं, त्यहाँ भएका भवन भत्काउन केही समय लाग्यो र त्यहाँ भएका रुख काट्न ठूलै समस्या आयो, त्यसकारण पनि काम ढिला भएको हो” केसीले भने ।

रुख काट्दा वन कार्यालयको अवरोध हुँदा थप ढिला भएको पूर्वनगर प्रमुख केसीको भनाइ छ । लमही नगरपालिकाका पूर्वउपप्रमुख देवका बेल्बासेका अनुसार लमही क्षेत्रमा सामान्य खालको ट्रमा सेन्टर बनाउने भनेर सङ्घीय सरकारले पनि चासो राखेको थियो । तर प्रदेश सरकारले प्रदेशस्तरीय ट्रमा सेन्टर बनाउने भनेर स्थानीय पालिकासँग समन्वय गरेपछि काम अगाडि बढेको हो ।

दाङको लमहीमा अत्याधुनिक सेवा सुविधासहितको ट्रमा सेन्टर निर्माण गर्ने भनेर लुम्बिनी प्रदेश सरकारले आव २०७६/७७ मा रु १९ करोड ४१ लाख विनियोजन गरेको थियो । तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको पालामा बजेट विनियोजन भएको हो ।

प्रदेशले अहिलेसम्म चारवटा मुख्यमन्त्री पायो, तीमध्ये पोखरेल र वर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी दाङकै हुन् । लमहीमा बन्दै गरेको प्रदेशस्तरीय ट्रमा सेन्टर कहिले सम्पन्न हुन्छ भन्ने कुनै टुङ्गो छैन ।

ट्रमा सेन्टरको निर्माणको जिम्मा लामा जिएसएच जेभी काठमाडौँले लिएको छ । कामको सम्झौता गरेलगत्तै नेपालमा कोरोनाका कारण निर्माणका सामग्री पठाउन नसकेको निर्माण कम्पनीका प्रतिनिधि दिलीप लामाले बताए ।

“त्यो बेला केही समय कोरोनाले काम गर्न दिएन, केही समय त्यहाँ भएका भवन भत्काउन ढिला भयो र केही समय जग खन्ने क्रममा पानी निस्किएर ढिलाइ भयो”, लामाले भने ।

सहरी विकास तथा भवन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख अनन्तकुमार देवका अनुसार २०८० असार २३ गते काम सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

विविध कारण देखाउँदै समयमा काम सम्पन्न गर्न नसकिएको जनाएपछि निर्माण व्यवसायीको अनुरोधमा म्याद थपको काम प्रक्रियामा रहेको छ । लमहीमा बन्दै गरेको प्रदेशस्तरीय ट्रमा सेन्टरको नियमनको काम सहरी विकास तथा भवन कार्यालय दाङले गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : ५५ बजे

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले