अबको गन्तव्य संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य : कमल थापा « Khabarhub

अबको गन्तव्य संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य : कमल थापा


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको अबको गन्तव्य संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी संवद्ध संयोजित संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई परिवर्तनकारी शक्तिको रुपमा स्थापित गर्ने दृढता समेत व्यक्त गरे ।

मुलुकको सम्पुर्ण क्षेत्र राजनीतिकरणको चपेटामा परेको भन्दै थापाले भ्रष्टाचाररुपी महारोगले मुकुकको सबै अङ्गलाई क्षतविक्षत पारेको समेत बताए ।

विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेर गएको, बेरोजगारी समस्या र धर्म परिवर्तनको डढेलोबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले न्यायालय जस्तो पवित्र ठाउँप्रति समेत जनताको भरोसा टुट्दै जानु विडम्बनापूर्ण भएको विचार व्यक्त गरे ।

थापाले काण्डै काण्डको पिरामिड माथि खडा भएको अहिलेको राज्य प्रणालीले प्रजातन्त्रको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक समृद्धिको सपना पूरा गर्न नसक्ने भन्दै मुलुक जोगाउने हो भने अब विकल्पमा जानू ढिला गर्न नहुनेमा जोड दिए ।

भेलाले आगामी साउन ५ गते राप्रपा नेपाल आबद्ध संयोजित संगठनहरुको आयोजनामा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन महासंघ टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ६ : २७ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी