संसदीय दलको नेताका लागि मौका कुरिरहेको छु : महामन्त्री थापा | Khabarhub Khabarhub

संसदीय दलको नेताका लागि मौका कुरिरहेको छु : महामन्त्री थापा


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मौका कुरिरहेको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय दलको नेतामा एक पटक प्रतिस्पर्धा गरेपछि अर्को पटक प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था संसदीय दलको विधानमा नरहेका कारण दलको नेताका लागि मौका कुरिरहेको बताएका हुन् ।

संसदीय दलको नेता बदलिराख्नुपर्छ भन्ने कुरा आफूले पार्टी सभापति शेरबहादुर देउवाबाटै सिकेको थापाले उल्लेख गरे । थापाले संसदीय दलको नेताका लागि प्रयास गरिराख्नु अनौठो र अस्वभाविक कुरा नभएको जिकिर गरे ।

त्यस्तै उनले नेपाल ऐन सदनमा प्रस्तुत हुँदा आपत्ती हुनसक्ने भन्दै छलफलका क्रममा आफ्ना धारणा राख्नुपर्ने बताए । आइतबारको बैठकमा रास्वपाले मत विभाजन माग्ने तयारी भएपनि त्यसको समय आकंलन गर्न नसक्दा संसद अवरुद्ध हुन पुगेको उनले बताए ।

उनले संसद सिक्ने र सिकाउने थलो भएकाले पनि आगामी दिनमा थप परिपक्व हुदै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ६ : ४४ बजे

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु