संसदीय दलको नेताका लागि मौका कुरिरहेको छु : महामन्त्री थापा « Khabarhub

संसदीय दलको नेताका लागि मौका कुरिरहेको छु : महामन्त्री थापा


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मौका कुरिरहेको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय दलको नेतामा एक पटक प्रतिस्पर्धा गरेपछि अर्को पटक प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था संसदीय दलको विधानमा नरहेका कारण दलको नेताका लागि मौका कुरिरहेको बताएका हुन् ।

संसदीय दलको नेता बदलिराख्नुपर्छ भन्ने कुरा आफूले पार्टी सभापति शेरबहादुर देउवाबाटै सिकेको थापाले उल्लेख गरे । थापाले संसदीय दलको नेताका लागि प्रयास गरिराख्नु अनौठो र अस्वभाविक कुरा नभएको जिकिर गरे ।

त्यस्तै उनले नेपाल ऐन सदनमा प्रस्तुत हुँदा आपत्ती हुनसक्ने भन्दै छलफलका क्रममा आफ्ना धारणा राख्नुपर्ने बताए । आइतबारको बैठकमा रास्वपाले मत विभाजन माग्ने तयारी भएपनि त्यसको समय आकंलन गर्न नसक्दा संसद अवरुद्ध हुन पुगेको उनले बताए ।

उनले संसद सिक्ने र सिकाउने थलो भएकाले पनि आगामी दिनमा थप परिपक्व हुदै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ६ : ४४ बजे

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ