बंगलादेशविरुद्ध नेपाल विजयी, अञ्जनाले बचाईन् दुई पेनाल्टी « Khabarhub

बंगलादेशविरुद्ध नेपाल विजयी, अञ्जनाले बचाईन् दुई पेनाल्टी


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण महिला फुटबल शृखंला नेपालले जितेको छ । आइतबार भएको अन्तिम मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराउँदै नेपालले शृखंला जितेको हो ।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकर मार्फत गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भयो ।

टाइब्रेकरमा वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी बचाएकी थिइन् । उनी ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

टाइब्रेकरमा नेपालको तर्फबाट सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीले गोल गरे, भने बंगलादेशका लागि साम्सुनार र मोनिकाले गोल गरे । त्यस्तै बंगलादेशका खेलाडी मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाइन् । यसअघि पहिलो खेल नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका ने थिए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : २९ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश