आजको फलफूल तथा तरकारीको मूल्य कति छ ?  « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्य कति छ ? 


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेडा सानो ८२, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४२, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ६०, हरियो फर्सी ८०, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ४०० रुपैयाँ, बन्दा लोकल २०, गाजर ९०, मूला सेतो ७०, सेतो रातो ५०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ६०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली ९०, कागती १२०, भिण्डी ६०, पिँडालू ५०, निगुरो ८०, रातो बन्दा प्रतिकेजी ७०, लोकल काँक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जनको १३०, अनार २८०, नासपाती ७०, एभोकाडो ५००, कालो अंगुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी ५०, हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, लसुन हरियो १२०, रुख कटहर ४५, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५०, फूजी स्याउ ३५०, अम्बा ३००, जुनार ३२०, तोफु ११०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ९ : ५४ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५