संसदको गतिरोध हटाउन एमालेलगायतका दलसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय « Khabarhub

संसदको गतिरोध हटाउन एमालेलगायतका दलसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक बसेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदमा जारी गतिरोध हटाउनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका दलसँग छलफल गर्ने निर्णय गरेको छ । 

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आए पनि सत्ता गठबन्धनले त्यसको आवश्यकता नभएको बताउँदै आएको छ ।

प्रमुख प्रतिपक्ष र सरकार आआफ्नै अडानमा रहँदा साउन १० गते यताका सबै बैठक प्रतिपक्ष दल एमालेका कारण अवरुद्ध हुँदै आएको ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, लगायतका नेताहरू सहभागी थिए । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : ५७ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले