गण्डकीमा तीन अस्पतालका भवन बन्दै « Khabarhub

गण्डकीमा तीन अस्पतालका भवन बन्दै


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारको लगानीमा मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका भवन निर्माण भइरहेको छ । दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय आयोजना हो ।

मुस्ताङ जिल्ला अस्पताल भवन १२ करोड, मनाङ जिल्ला अस्पताल भवन १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल भवन ३२ करोडको लागतमा ठेक्का सम्झौता भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत आवमा मुस्ताङको अस्पताल भवनका लागि पाँच करोड, मनाङको अस्पताल भवनका लागि छ करोड र सरुवा रोग अस्पतालका लागि  रु आठ करोड बजेट विनियोजन गरिएको थियो । सो बजेटमा मनाङ र मुस्ताङ अस्पताल भवन निर्माणको वित्तीय प्रगति भने न्यून देखिएको थियो । 

गत आवमा सरुवा रोग अस्पताल भवनको वित्तीय प्रगति ८७ दशमलव ०३ प्रतिशत भएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार मनाङ अस्पताल भवनको ५८ दशमलव ०६ र मुस्ताङ अस्पताल भवनको ३२ दशमलव ०८ प्रतिशत वित्तीय प्रगति देखिएको छ ।

पच्चीस शय्याको मुस्ताङ अस्पताल भवन विसं २०७७ चैत २२ मा शिलान्यास गरिएकामा निर्माणले अझै पूर्णता पाउन सकेको थिएन । अरु दुई अस्पताल भवनको निर्माणकार्य पनि सुस्त छ । लमजुङ, स्याङ्जा र दमौली अस्पताल भवन निर्माणका लागि बजेट अभाव रहेको सचिव डा शर्माले बताए। 

प्रदेश सरकारले चालु आवमा पनि स्वास्थ्यतर्फ कुल बजेटको जम्मा छ प्रतिशतमात्र बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । न्यून स्रोतसाधन र जनशक्तिबाट मन्त्रालय र मातहतका निकायले कार्यसम्पादन गर्नुपर्ने स्थिति छ । आधारभूत स्वास्थ्य सेवाका लागि औषधि किन्नसमेत बजेट पर्याप्त नभएको उनको भनाइ थियो

क्यान्सर, मुटु, मिर्गौला रोगका लागि विशिष्टीकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल स्थापना गर्ने प्रदेश सरकारको निर्णय पनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुनसकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेशको गौरवका आयोजनाका रूपमा ती अस्पताल बनाउने घोषणा गरेको थियो । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ०४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका