एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेल | Khabarhub Khabarhub

एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेल


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् ।

आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको छ भने ।

प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, ‘पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।’

महासचिव पोखरेलले स्वार्थी तत्त्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे। भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी सङ्गठनका बारेमा बोलेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : १७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य