सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन सकेन : उपसभामुख रानामगर « Khabarhub

सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन सकेन : उपसभामुख रानामगर


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपसभामुख इन्दिरा रानामगरले सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन नसकेको टिप्पणी गरेकी छन् । जनआकाश साप्ताहिकद्वारा आज आयोजित स्रष्टा सम्मान कार्यक्रममा उनले लोकतान्त्रिक मुलुकमा नागरिक अधिकार संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायको प्रभावबाट मुक्त भएर तटस्थ हुनुपर्नेमा जोड दिईन्।

उनले समाजमा भएका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले जस्ताकोतस्तै देखिने गरी ऐनाको भूमिका निर्वाह गर्नुपर्ने बताईन् । आमसञ्चार सबै पक्षको साझा संस्थाका रुपमा स्थापित हुनुपर्नेमा जोड दिँदै उनले पत्रकार कुनै पनि हालतमा राजनीतिकरूपमा विभक्त हुन नहुने बताईन् ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम विडारीले साना लगानीका मिडियालाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठूला मिडियाले प्रवाह गरेका सूचना तथा समाचार पत्याउनुपर्ने अवस्था आएको बताए। यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारको भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : ०० बजे

रसुवा बाढी : २ सय ३३ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा