काठमाडौंको गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या « Khabarhub

काठमाडौंको गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

गैरीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।

मारिनेमा दुई महिला र दुई पुरुष रहेका छन् । अहिले घटनास्थलमा प्रहरी परिचान भएको मैनालीले जानकारी दिए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको छ ।

घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ६ : ४८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका