ललितपुरका दुई छात्राले दिए आश्रमका बालबालिकालाई जुत्ता र खेल सामग्री « Khabarhub

ललितपुरका दुई छात्राले दिए आश्रमका बालबालिकालाई जुत्ता र खेल सामग्री


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरका दुई छात्राले काठमाण्डौंको तारकेश्वर नगरपालिका–३ का ठूलागाउँ आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन् ।

ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र उनकी साथी दिव्यांशी जोशीले शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गरेका हुन् ।

आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयको खेलकुद विभाग, रोटरी क्लब अफ नागार्जुन र नेपाल जुत्ता फैक्टरीको सहयोगमा सामग्री संकलन गरिएको आचार्यले बताइन् । नमामीले आफू र साथी दिव्यांशी छुट्टीका दिन आफ्ना बाबु व्यवसायी सुदीप आचार्यसँग घुम्न आउँदा आश्रम देखेकी थिइन् ।

एक महिनायता हरेक सार्वजनिक बिदाका दिन नमामी र उनकी साथीले आश्रममा रहेका बालबालिकालाई अंग्रेजी भाषा सिकाउने गरेका छन् । सिन्धुपाल्चोक मेलम्चीका नरबहादुर राउतको अभिभावकत्वमा सञ्चालित आश्रममा विभिन्न उमेर समूहका गरी ४६ बालबालिका छन् ।

उनीहरु स्थानीय नागार्जुन ठूलागाँउ माविमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यनरत छन् । अघिल्लो शनिबार आश्रम नजिकै खुला चौउरमा विद्यार्थीले कोही खाली खुट्टा र कोही चप्पल लगाएर फुटबल खेलिरहेको देखेपछि आफूले जुत्ता संकलन गरेर वितरण गर्ने योजना बनाएको नमामीले बताइन् ।

‘हामी आउँदा उनीहरु फुटबल खेलिरहेका थिए । कसैको खुट्टा खाली थियो । कोही चप्पल लगाएर खेलिरहेका’, नमामीले भनिन्, ‘कतिबेला त खाली बल हिर्काउँदा ठोक्किएर घाउ हुने रहेछ । यो देखेर मलाई यिनीहरुलाई जुत्ताको जरुरी रहेछ भन्ने लाग्यो ।’ नमामी र दिव्यांशीले आश्रममा रहेका सबैलाई एकरएक जोर गरी ४६ जोर र फुटबल खेलाडी ११ जनाका लागि छुट्टै स्पोर्टस् सुज, दुई फुटबल, जर्सी र प्याड दिए ।

‘अब फुटबल खेल्दा उनीहरुको खुट्टामा घाउ हुँदैन र दुखेर मुर्छा पर्नु पर्दैनन् होला’, सामग्री वितरण गर्नुअघि मन्तव्य दिने क्रममा उनले भनिन् । बिना प्रशिक्षक र पूर्वाधारको अभावमा पनि आश्रमका विद्यार्थीले व्यवसायिक फुटबल टिमले जस्तै प्रदर्शन गरेबाट आफू प्रभावित भएको उनको भनाइ थियो ।

‘तालिम र पूर्वाधार भयो भने उनीहरु राष्ट्रिय टिम र अरु क्लबमा आबद्ध भएर व्यवसायिक खेल जीवन अगाडि बढाउन सक्छन् भन्ने मेले देखें’, उनी भन्छिन् ।

नमामीले आफूहरुले निकट भविष्यमा आश्रमका विदार्थीका लागि पुस्तकालय स्थापना गरिदिने योजना बनाएको पनि सुनाइन् । उनीहरुले जुत्ता, मोजा, फुटबल र जर्सी गरी करिब एक एक लाख रुपैयाँभन्दा बढीको सामग्री हस्तान्तरण गरे । कार्यक्रममा नमामीका पिता एवं डिश होम नेटवर्कका प्रबन्ध निर्देशक सुदीप अचार्य, आमा रास्वपा नेतृ लीमा अधिकारी, रोटरी क्लब अफ नागार्जुनका अध्यक्ष प्रकाश डोटेल, नागार्जुन ठूलागाँउ माविमा प्रधानाध्यापक अर्जुन फुयाँल, शिक्षक शिवप्रसाद फुयाँल र आश्रमका सञ्चालक राउतलगायत सहभागी थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ५ : २८ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित