चीन र भारतका पर्यटकलाई लोभ्याउन म्यानमारको सैन्य सरकारको नयाँ अफर « Khabarhub

चीन र भारतका पर्यटकलाई लोभ्याउन म्यानमारको सैन्य सरकारको नयाँ अफर


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सैन्य सरकारले ‘भिसा अन अराइभल’ दिने निर्णय गरेको छ । म्यानमारको सरकारी सञ्चारमाध्यमले एक रिपोर्टमा यस्तो जनाएको हो ।

सैनिक सरकारले विदेशी पर्यटकको आगमन र उनीहरूको विदेशी मुद्रालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

‘ग्लोबल न्यु लाइट अफ म्यानमार’ ले सैन्य शासनको अध्यागमन विभागलाई उद्धृत गर्दै यो नयाँ योजना छिट्टै घोषणा गरिने र प्रारम्भमा यसलाई एक वर्षको परीक्षणका रूपमा सञ्चालन गरिने जनाएको छ ।

‘भिसा अन अराइभल’ पाउने पर्यटकलाई प्रतिबन्धित क्षेत्रबाहेक सबै ठाउँमा जान अनुमति दिइने पत्रिकाले बिहीबारको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

हालको प्रणालीमा दुवै देशका नागरिकले पर्यटक भिसाका लागि अनलाइन वा म्यानमारको दूतावासमा आवेदन दिनुपर्ने हुन्छ । म्यानमारमा सन् २०२१ को ‘कु’को विरोध अझै छ र सैन्य सरकार यसलाई दबाउन सङ्घर्ष गरिरहेको छ । सैनिक सरकारले देशमा आफ्नो पूर्ण नियन्त्रण नभएका क्षेत्रहरू रहेको स्वीकार गरेको छ ।

अमेरिका र अस्ट्रेलिया जस्ता देशले आफ्ना नागरिकलाई म्यानमार नजान सल्लाह दिएका छन् ।तर म्यानमारसँग चीन र भारतको लामो सीमा छ र दुवै देशले त्यहाँको सैनिक सरकारसँग कूटनीतिक सम्बन्ध कायम राखेका छन् ।

स्रोतः एनआई

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : १२ बजे

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी