प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड पराजित « Khabarhub

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड पराजित


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा ओल्ड ट्राफर्डमा ब्राइटन एन्ड होभ आल्बियनसँग ३–१ ले पराजित भएको हो ।

पहिलो हाफमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकको गोलमा ब्राइटनले अग्रता लिएको थियो । ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रस र जोआओ पेड्रोले १/१ गोल गरे ।

युनाइटेडका ह्यानिबल मेज्ब्रीले दोस्रो हाफमा एक गोल फर्काए । त्यसअघि पहिलो हाफमा रास्मस होएलन्डले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएको थिएन ।

यस जितसँगै ब्राइटन ५ खेलमा १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । युनाइटेड भने लिगमा तेस्रो हार बेहोर्दै ५ खेलमा ६ अंकका साथ १२ औं स्थानमा छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : ५२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र