चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल « Khabarhub

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी गरेको प्रेस विज्ञप्ति स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्नपर्ने आग्रह गरिएको छ । ‘मनसुनलगायत अन्य बेला हुने चट्याङबाट हुने घाइतेको लक्षण र व्यवस्थापन विद्युतीय विपद्बाट हुने घाइतेभन्दा भिन्न हुने हुँदा सोको बारेमा जानकार रही उचित व्यवस्थापन गर्न गराउन आग्रह गर्छौ’, विज्ञप्तिमा भनिएको छ ।  

गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्ष २०७९ जेठ २२ गतेदेखि असोज ३० गतेसम्म कुल एक सय ८७ चट्याङका घटनामा ६० जनाको मृत्यु भएको थियो । यस्तै १ सय  ५७ जना घाइते भएको थिए । 

‘चट्याङ्को घटनाको सङ्ख्या अघिल्लो वर्ष विपद्का कारण भएका मृत्युमध्ये दोस्रो र घाइतेको सङ्ख्यामा प्रथम थियो भने यसवर्ष बढ्दो क्रममा देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘चट्याङबाट स्वास्थ्य संस्थाको सुरक्षा र चट्याङबाट हुने घाइतेहरूको उचित व्यवस्थापन गर्नका लागि स्वास्थ्य क्षेत्रको पूर्वतयारी अपरिहार्य छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १२ : १० बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र