सरकार संवेदनशील नहुँदा सामाजिक सद्भाव बिग्रियो : कमल थापा « Khabarhub

सरकार संवेदनशील नहुँदा सामाजिक सद्भाव बिग्रियो : कमल थापा


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौहत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भइरहेको प्रति सरकार संवेदनशील हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताए ।

उनले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने स्पष्ट पारे ।

थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थितिप्रति सबै पक्षहरू सचेत बन्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे ।

उनले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : १४ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्