मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण | Khabarhub Khabarhub

मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका छन् ।

प्रयोगशालाले प्रदान गरेको सेवाका बारेमा उनले सेवाग्राहीसँग प्रत्यक्ष भेटेर जानकारी लिनुभएको हो । एउटा मात्र काउन्टर'(लेनदेनका लागि व्यवस्था गरिएको एकाइ) हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउन्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा श्रवण मिश्रलाई निर्देशन दिए । 

‘सेवा प्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो होस्’, उनले निर्देशक मिश्रलाई निर्देशन दिँदै भने । प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयौँ बिरामीको जाँच गर्नुका साथै सुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ३ : ३७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका