काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षण तीव्र | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षण तीव्र


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कलङ्की खसी बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल लगाएता विभिन्न स्थानमा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको जनाएको हो । पशु स्वास्थ्य परीक्षण र नमूना संकलनका लागि ५८ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

सो क्रममा स्वस्थ पशुलाई हरियो रंग लगाउने, रोगी पशुलाई रातो रंग लगाउने र तुरुन्तै समूहबाट निकालेर बिक्री वितरणमा रोक लगाउने गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, चाडपर्व लक्षित गरेर दूग्ध विकास संस्थानबाट उत्पादित दूग्ध पदार्थको मूल्यमा कटौति गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले जानकारी दिए ।

मन्त्री भुसालले किसानले उत्पादन गरेको दूध पर्याप्त हुँदा बाहिरबाट नल्याइने गरी काम भएको बताए । उनले दूधको कारोबार गर्ने संस्थाहरुले एक महिना भन्दा बढी वक्यौता नगर्न भनिएको उल्लेख गरे ।

लम्पी रोगबाट प्रभाबितहरुलाई राहत दिनका लागि कार्यविधि तयार पारेर अर्थ र गृह मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । त्यस्तै मन्त्री भुसालले खाद्य तथा दाना पदार्थ लक्षित बजार अनुगमनलाई पनि तीवता दिइएको बताए । सो क्रममा खाद्य ऐन प्रतिकुल उत्पादन गर्ने २ वटा उद्योगलाई सिलबन्दी गरिएको र १९ मुद्धा दायर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : ०९ बजे

कप्तान देव २४ रनमा आउट, नेपालको तीन विकेट गयो

काठमाडौं – एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग खेलिरहेको नेपालको

प्रविधिको विकासले चुनौति थपि‍यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको विकासले सामाजिक र सांस्कृतिक

बाँझो जग्गा उपयोग गर्दै कास्कीको रुपा गाउँपालिका

कास्की- कास्कीको रुपा गाउँपालिकाले पालिकाभित्र बाँझिएका खेतीयोग्य जग्गाको उपयोग गर्ने

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट

संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशमाथि