संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिनुपर्छ : कांग्रेस नेता सिटौला | Khabarhub Khabarhub

संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिनुपर्छ : कांग्रेस नेता सिटौला


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सिटौलाले संघीयताको सफल कार्यान्वयनका लागि संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन् ।

उनले सांसदहरुले जनताको हितमा कानून र नीति निर्माण गर्न नसके जनतामा निराशा छाउने जिकिर गरे । सिटौलाले देशको नीति निर्माण गर्ने ठाँउमा बसेकालाई झकझकाउने काम प्रेस जगतको भएको धारणा राखे ।

त्यस्तै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मुलुकमा निराशाको उत्तम संवाहक कांग्रेस भएको बताए । कांग्रेसको सबै जिल्ला अधिवेशन हुन नसकेको तर जिल्ला सभापतिको भेलाले केन्द्रका आलोचना गर्ने देखिएको उनले बताए ।

उनले नराकारात्मक टिकाटिप्पणीमा कांग्रेस रमाइरहेका कारण जनतामा पार्टी प्रति निराशा छाएको जिकिर गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : ०८ बजे

आज शतबीज छरिँदै : यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा

काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो।

आज २०८० साल मंसिर २५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म